महिला भलिबलः उपाधिका लागि नेपाल र माल्दिभ्स भिड्दै

278
0
Share:

काठमाडौं ।  एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधिका लागि आज (बिहिबार) नेपालले माल्दिभ्सँग प्रतिस्पर्धा गर्दैछ ।

बंगलादेशको ढाकास्थित शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ । समूह चरणको सबै खेलमा प्रभावशाली जित निकाल्दै सतप्रतिशत नजिता सहित नेपाल फाईनल पुगेको हो ।

समूह चरणको अन्तिम खेलमा माल्दिभ्सलाई ३–० ले हराएको टिमसंग नेपालले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ । प्रतियोगितामा नेपालले अफगानिस्तान, कीर्गिस्तान, बंगलादेश र माल्दिभ्सलाई हराएको थियो ।

पहिलो संस्करणको प्रतियोगितामा नेपाल सहित किर्गिजस्तान, माल्दिभ्स, बंगलादेश र अफगानिस्तान सहभागि छन्।

कमेन्ट गर्नुहोस्
Share: