निजामती कर्मचारीको उमेर हद ६० वर्ष पुर्‍याउने !

614
0
Share:

काठमाण्डौ। संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले निजामति कर्मचारीको उमेर हद ६० वर्ष पुर्‍याउने गरी सिफारिस गरेको छ । समितिले सरकारी कर्मचारीको उमेरहद ५८ बाट ६० वर्ष पुर्‍याउने निर्णय गरेको हो ।

हरेक वर्ष ६/६ महिनाका दरले लागू गर्दै यो उमेर हदको नयाँ नियमलाई सन् २०२१ देखि पूर्णरुपमा लागू गरिने कानुनी व्यवस्था गर्ने निर्णय संसदीय समितिले गरेको हो।

प्रस्तावित संघीय निजामति सेवा ऐनमाथिको छलफलका क्रममा समितिको बैठकले कर्मचारीको उमेर हद ६० वर्ष निर्धारण गर्ने निर्णय गरेको हो । प्रस्तावित ऐनमा समेत कर्मचारीले अनिवार्य अवकास पाउने (उमेर हद) ५८ वर्ष निर्धारण गरिएको थियो ।

निजामति कर्मचारी भित्रैबाट ६० वर्ष उमेर हद पुर्‍याउनुपर्ने आवाज उठ्दै आएको थियो । नेपालीको औसत आयु बढेकाले, छिटो अवकाश हुँदा पेन्सनको भार बढ्ने भएकाले, र सार्क देशमा समान बनाउनका लागि उमेर हद बढाइएको हो।

कमेन्ट गर्नुहोस्
Share: