
पोखरा । पोखराको जिरोकिमिमा जीपको ठक्करबाट ढलेको पोलले सोहि जीपलाई किच्दा ३ जना घाइते भएका छन् । बाग्लुङतर्फबाट पोखरा आएको ग१ज ६४७९ नम्बरको जीप अनियन्त्रित भई पोलमा ठोक्किएको र सोहि पोलले जीप किचेको प्रत्यक्षदर्शीको भनाई छ ।
क्रेनले पोल हटाई जीपबाट यात्रुको उद्धार गर्न एक घण्टा भन्दा बढी समय लागेको थियो । २ घण्टासम्म यात्रुहरु जीपमै थिए । कसैको हात झ्यालबाट बाहिर झुण्डिएको अवस्थामा देखिएको थियो । आर्मी, एपीएफ, नेपाल प्रहरीले उद्धार कार्य गरेको थियो । करिब १० बजेको समयमा दुर्घटना भएको हो । जीप तीब्र गतिमा रहेको बुझिएको छ ।
लाइभ भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।



तस्विरः आशिष पुरी
कमेन्ट गर्नुहोस्

