
पोखरा । गण्डकी प्रदेश प्रहरी कार्यालयले उपनिर्वाचनको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। आइतबार उपनिर्वाचनको शान्ति सुरक्षाको विषयमा एक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले उप(निर्वाचनक क्रममा विशेष सुरक्षा रणनीति अनुरुप उच्च सतर्कताका साथ कार्य सम्पादन गर्न सहभागी अधिकृतहरुलाई निर्देशन दिए।
अन्तरक्रियामा सहभागी अन्य प्रहरी अधिकृतहरुले समेत आ(आफ्नो क्षेत्रको उप(निर्वाचन सुरक्षा चुनौती र अवस्थाबारे प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेलाई अवगत गराएका थिए।
उक्त अन्तरक्रिया कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक राजेश कुमार लाल कर्ण, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनी, गण्डकी प्रदेश शसस्त्र प्रहरी गण पोखराका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र विष्ट उपस्थित रहेका थिए ।
यस्तै गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरे, जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्की लगायत पोखरा स्थित विभिन्न प्रहरी कार्यालयका प्रहरी अधिकृतहरुको सहभागिता रहेको थियो ।
