
पोखरा, १ मंसिर । अधिकारकर्मी माधव पहारीको संयोजकत्वमा २१ सदस्यीय स्वतन्त्र नागरिक मञ्च गठन भएको छ । विभिन्न क्षेत्रमा आवद्ध अध्ययनशील तथा चिन्तनशील युवाहरु भेला भएर जनसरोकारका विषयमा छलफल, बहस, जनवकालत, पैरवी, बौद्धिक अध्ययन तथा अनुसन्धान गर्ने उद्देश्यले प्रदेश स्तरीय मञ्च गठन गरिएको बताईन्छ ।
मञ्चको सदस्यहरुमा ध्रुब केसी, विवेक पौडेल, वसन्त गौतम, गोविन्दराज केसी, बाबुराम पाण्डे, देवेन्द्र राज पराजुली रहेका छन् । त्यस्तै, कृष्ण क्षेत्री, वासुदेव कोइराला, प्रकाश सिंह भण्डारी, विष्णुहरी पौडेल, रामप्रसाद बराल, सुनिल पाण्डे , गंगाराम पौडेल, रामकृष्ण पहारी, भेषराज सुवेदी, प्राञ्जल न्यौपाने, खिम लामीछाने र बिबिबिष्ट रहेका छन् । अन्य सदस्यहरु पछि थप गरिने पहारीले बताए ।
मञ्चले पहिलो कार्यक्रम सीमा अतिक्रमको विषयमा गर्ने भएको छ। देशको सिमाना दिनानुदिन मिचिँदै गएकोमा चिन्ता गर्दै सो विषयमा अन्तरक्रिया गर्ने समेत निर्णय गरेको भएको पहारीले जनाए ।
सिमाबिद्लाई बोलाएर कहाँ कति ? सिमाना मिचिएको छ, मिचिएको सीमा फिर्ता गर्न राष्ट्रिय अन्तर्राष्ट्रिय कस्तो भुमिका निर्वाह गर्नुपर्ने, अन्तर्राष्ट्रिय कानुन के कस्तो छ, आम नागरिकको कर्तव्य दायित्व के हुने ? भन्ने विषयमा छलफल हुने कार्यक्रम संयोजक प्रकाश सिंह भण्डारीले जानकारी गराए ।
