मन्त्रिपरिषद् पुनर्गठनबारे ओली र प्रचण्ड बिच आज पनि छलफल हुने

286
0
Share:

काठमाडौं । मन्त्रिपरिषद पुनर्गठनका विषयमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि छलफल हुने भएको छ। हिजो झण्डै तीन घण्टा भएको छलफलमा सहमति नजुटेकाले आज पनि छलफल हुन लागेको हो।

दुई अध्यक्ष नै निष्कर्षमा पुग्न नसकेका कारण मन्त्रिपरिषद् पुनर्गठन कहिले हुन्छ भन्नेमा अन्यौल सिर्जना भएको छ। आइतबारको नेकपा सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनका लागि प्रधानमन्त्रीलाई सैद्धान्तिक सहमति दिइसकेको छ। सोही अनुसार, प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली र अर्का प्रचण्डले बहालवाला मन्त्री र आकांक्षी नेताहरूसँग भेटघाट तीव्र बनाएका छन्।

दुई अध्यक्षबीचको छलफलको समय भने तय भइसकेको छैन। प्रचण्ड आज नवलपरासी जाने कार्यक्रम रहेकाले उताबाट फर्किएपछि मात्रै छलफल हुन सक्ने प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा बताएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: