
काठमाडौं– प्रधानन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष प्रचण्डले मन्त्रिमण्डल हेरफेरबारे राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गरेका छन् ।
आज विहान सत्तारुढ दल नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच दुई घन्टा भन्दा लामो छलफलपछि उनीहरु शीतलनिवास पुगेका हुन् । ओली र प्रचण्डबीच क–कसलाई मन्त्रीबाट हटाउने र क–कसलाई जिम्मेवारी दिने भन्ने विषयमा बालुवाटारमा छलफल भएको थियो ।
दुई शीर्ष नेताहरुबीच भएको सहमतिलाई आज दिउँसो साढे १२ बजे बस्ने सचिवालय बैठकले अनुमोदन गर्ने छ । र, आजै मन्त्रिमण्डल पुनर्गठनको तयारी गरिएको छ ।
कमेन्ट गर्नुहोस्
