प्रधानमन्त्री ओली पाँचै वर्ष प्रधानमन्त्री रहने, दाहाल कार्यकारी अध्यक्ष

Share:

पोखरा।  सत्तारूढ नेकपाको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुने भएका छन्। दाहालले कार्यकारी पाएसँगै प्रधानमन्त्री केपी शर्मा ओली पाँचै वर्ष प्रधानमन्त्री हुने भएका छन्।

बुधबार बसेको नेकपा सचिवालयको बैठकले दुई अध्यक्षको जिम्मेवारी बाँडफाँट गरेको हो । जसअनुसार यो संसद रहँदासम्म ओली नै प्रधानमन्त्री हुनेछन् ।

प्रतिनिधिसभाको यस कार्यकालमा सरकारको नेतृत्व केपी शर्मा ओलीले गर्ने र राजनीतिक स्थायित्वको सन्देश दिने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए ।

कमेन्ट गर्नुहोस्
Share: