काम गरेरै पुग्ने कमाइसकेँ, राजनीतिमा आएको कमाउन होइनः ई. धर्मराज गुरुङ (भिडियोसहित)

Share:

पोखरा । कास्की २ मा हुने उपनिर्वाचनका लागि २१ उम्मेदवार मध्ये एक हुन्, इन्जिनियर धर्मराज गुरुङ । पोखरा महानगरपालिका वडा नम्बर १६ अर्मलामा जन्मिएका उनले २४ वर्ष ब्रिटिश आर्मी र १५ वर्ष संयुक्त राष्ट्र संघमा जागिरे जीवन बिताए ।

झण्डै २५ देशको विकास चरण रामैसँग अनुभव गरेका उनमा देशका लागि केही गनुपर्छ भन्ने हुटहुटी छ । कास्की २ मा हुने उपनिर्वाचनका लागि समाजवादीका पार्टीबाट उम्मेदवार बनेका इन्जिनियर गुरुङ सही सिद्धान्त र निस्वार्थ भावना नै जितको प्रमुख आधार भएको बताउँछन् ।

उपनिर्वाचन नजिकिदै गर्दा मतदाता भेटघाटमा व्यस्त रहेका उनले शुक्रबार बिहान बिग एफ एमसँगको कुराकानीमा देश नातावाद, कृपावाद र पार्टीवादले पछाडि परेको स्पष्ट पारे ।

हेरौं उनीसँग गरिएको कुराकानी::

कमेन्ट गर्नुहोस्
Share: