
काठमाडौं- युएईमा जारी टी-१० क्रिकेट लिगको सुपर लिग अन्तर्गत आज (शुक्रबार) नेपाली राष्ट्रिय क्रिकेट टीमका लेग स्पिनर सन्दीप लामिछाने र पूर्व कप्तान पारस खड्का रहेको टीमबीच प्रतिस्पर्धा हुँदैछ ।
आबु धाबीस्थित शेख जायद स्टेडियममा सन्दीपको टीम कर्नाटका टसकर्स र पारसको आबु धाबीबीच खेल हुनेछ । खेल नेपाली समय अनुसार राति ९:४५ मा शुरु हुनेछ ।
आबु धाबीविरुद्ध कर्नाटकाले सन्दीपलाई प्लेईङ सेटमा राख्ने प्रवल सम्भावना रहेको छ । यता, पारस भने सुरुवाती दुई खेलपछि टीम बाहिर रहदै आएका छन् । तर, कर्नाटकाविरुद्ध पारसले मौका पाउने सम्भावना छ ।
कमेन्ट गर्नुहोस्
