
पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रका मूलभूत सिद्धान्तविरुद्धका सरकारका कुनै पनि गतिविधि स्वीकार्य नहुने दोहोर्याएका छन् ।
शुक्रबार पोखरामा सुरु भएको डेमोक्रेटिक लर्यस एसोसियसनको वार्षिक साधरणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले सरकार प्रजातन्त्रका मूल्य–मान्यताविपरित गएको आरोप लगाउँदै प्रजातन्त्रका मूलभूत सिद्धान्तविरुद्धका सरकारका कुनै पनि गतिविधि स्वीकार्य नहुने बताएका हुन् ।
सभापति देउवाले सरकारका लोकतन्त्रविरोधी क्रियाकलापका विरुद्ध सदनमा मात्रै नभएर सडकमा पनि लड्नुपर्ने समय आएको जिकिर गर्दै कानुन व्यवसायीहरुलाई लड्नका लागि तयार भएर बस्न आग्रह गरे । सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद कालापानीमा पुगेर लम्पसारवादमा परिणत भएको आरोप लगाए ।
