
पोखरा। १३ औँ सागअन्तर्गत पुरुष क्रिकेटमा नेपालले पहिलो खेल श्रीलंकासँग खेल्ने भएको छ । नेपाल र श्रीलंकाबीच उदघाटन खेल ३ डिसेम्बरमा टीयू मैदानमा हुनेछ ।
पुरुषतर्फ ५ टोली सहभागी भएकाले राउण्ड रोविनका आधारमा खेल हुनेछ । टेष्ट राष्ट्र श्रीलंका र बंगलादेशको यू २३ टिम सहभागी हुनेछन् । सागमा भारत र पाकिस्तान सहभागी छैनन् ।
यस्तै पोखरामा हुने महिला क्रिकेटमा ४ राष्ट्रको सहभागी छ । जसमा नेपालले पहिलो खेल २ डिसेम्बरमा माल्दिभ्सँग खेल्नेछ । महिलातर्फ पनि भारत र पाकिस्तानसँगै भुटान सहभागी छैन ।
महिला र पुरुष दुवैमा राउण्ड रोविनको खेलपछि पहिलो र दोस्रो हुनेबीच स्वर्ण पदकका लागि फाइनल खेल हुनेछ । १३ औं साग १५-२४ मंसिरमा काठमाडौं, पोखरा र जनकपुरमा आयोजना हुँदैछ ।
यस्तो छ खेल तालिका:

