नेपाली भूभागलाई आफ्नो नक्सामा समेट्ने भारतको कदम अस्वीकार्य- अध्यक्ष प्रचण्ड

Share:

पोखरा। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कालापानी क्षेत्रका नेपाली भूभागलाई आफ्नो नक्सामा समेट्ने भारतको कदमलाई नेकपा र सरकारले गम्भीर रुपामा लिएको बताएका छन् ।

बाग्लुङमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले परराष्ट्र मन्त्रालयमार्फत् भारतलाई पत्र पठाइसकिएको बताएका छन्। ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रै हो। हाम्रो भूभाग रक्षार्थ जुनसुकै पहल गर्न पनि तयार छौं,’ उनले भने,‘भारतलाई परराष्ट्र मन्त्रालयबाट पत्र पठाइसकिएको छ। परराष्ट्रले भारत पठाएको पत्रको ड्राफ्ट प्रधानमन्त्री र मैले हेरेका छौं।’

यस्तै उनले पार्टीमा अब कुनै अलमल नरहेको बताएका छन् । हालै भएको दुई अध्यक्षको कार्यविभाजनसँगै एक अध्यक्ष सरकारतिर र अर्को पार्टीमा केन्दि्रत हुने उनले बताए ।

राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमविक्रम शाहीलाई मत माग्न बागलुङ पुगेका प्रचण्डले वामगठबन्धन नटुट्ने दाबी गरे।पार्टीको निर्णय केहीले अवज्ञा गरेको सुनेर राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई मत माग्न आएको प्रचण्डले बताए।

कमेन्ट गर्नुहोस्
Share: