देशभक्तिको बिषयमा सरकारको बोली फेरिदैन: सञ्चारमन्त्री बाँस्कोटा

Share:

पोखरा। सरकारका प्रवक्ता, सञ्चार सूचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले केपी शर्मा ओलीको सहमतिमै भारतले नयाँ नक्सा सार्वजनिक गरेको भन्ने अभिव्यक्तिको जवाफ फर्काएका छन् । देउवालाई जवाफ दिदै बाँस्कोटाले देशभक्तिको बिषयमा सरकारको बोली नफेरिने बताएका छन्।

नेपाल पत्रकार महासंघ कास्की शाखाले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले देशभक्ति, राष्ट्रियताका पक्षमा सरकारको बोली नलर्बने बताए। बाँस्कोटाले देउवाको अभिव्यक्ति चुनावी मसला भएको र उनले नेपाली जनतालाई विभाजन गर्ने कोसिस गरेको आरोप पनि लगाएका छन्।

देउवाले त्यस्तो अभिव्यक्ति दिएको आफूलाई विश्वास नलागेको पनि उनले बताए।सञ्चारमन्त्रीले यसअघि भएका कैयौँ विवादास्पद सन्धि सम्झौताको जिम्मेवारी देउवाले लिनुपर्ने जिकिर पनि गरे।

उनले महाकाली सन्धि र नाकाबन्दीको विरोधमा एक शब्द म्याउँ गर्न नसक्नेले अहिले ढाडे बनेर हुन्छ भन्ने प्रश्न पनि गरे।

File Photo

कमेन्ट गर्नुहोस्
Share: