६ महिनामा ६० हजार युवाले घरपायक श्रम स्वीकृति लिए, श्रमिकको ६० करोड जोगियो

Share:

काठमाडौं । सरकारले पुनः श्रम स्वीकृति सेवा काठमाडौंभन्दा बाहिरबाट पनि सुरु गरेको ६ महिनाको अवधिमा ६० हजार युवाले सेवा लिएका छन् । काठमाडौं केन्द्रित श्रम स्वीकृतिलाई घरपायक विस्तार गर्दा हालसम्म श्रम स्वीकृति लिएका युवाको शुल्क र अतिरिक्त लागतसहित ६० करोड रुपैयाँ बचत भएको देखिन्छ ।

काठमाडौं आउँदा प्रति युवा अतिरिक्त १० हजारले हिसाब गर्दा सो रकम बचत भएको अनुमान छ । वैदेशिक रोजगारीबाट बिदामा आएर पुनः प्रवेश गर्ने युवाले श्रम स्वीकृतिका लागि हजारौं खर्च गर्ने बाधयता अन्त्य गर्न काठमाडौं बाहिरबाट पनि श्रम स्वीकृतिको लागि तोकिएका ५ वटा कार्यालयहरू सो संख्या युवाले सेवा लिएका हुन् ।

गत पुसदेखि असारसम्म ६८ हजार व्यक्तिले विराटनगर, बुटवल, जनकपुर, सुर्खेत, पोखरा र कैलालीबाट घरपायक सेवा लिएका छन् । चालु आर्थिक वर्षको पहलिो ५ महिना करिब ५५ हजारले उपत्यका बाहिरका कार्यालयबाट श्रम स्वीकृतिको सेवा लिएको वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालले जानकारी दिए ।

-कारोबार दैनिकबाट

कमेन्ट गर्नुहोस्
Share: