प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया सम्पन्न

Share:

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको शल्यक्रिया सम्पन्न भएको छ । पेट दुखेपछि मंगलबार बिहान त्रिवि अस्पताल लगिएकोमा उनलाई एपेन्डिसाइटिस भएको थाहा भएको थियो ।

त्यसपछि डाक्टरहरुले लगत्तै शल्यक्रिया गरेका थिए । प्रधानमन्त्री ओलीलाई पूर्णरुपमा बेहोस बनाएर शल्यक्रिया गरिएको हो । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा केही समययता समस्या देखिँदै आएको छ ।

कमेन्ट गर्नुहोस्
Share: