
काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) को १३ औँ संस्करणमा सहभागी हुने सबै खेलाडीलाई मंगलबार अर्थमन्त्री युवराज खतिवडाले सम्बोधन गर्दै छन्। यसघि मंगलबार बिहान ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रज्ञा प्रतिष्ठानमा खेलाडी तथा पदाधिकारीलाई सम्बोधन गर्ने कार्यक्रम रहेको भएपनि प्रधानमन्त्री बिरामी भएपछी अर्थमन्त्रीले सम्बोधन गरेका हुन्।
सम्बोधन गर्ने क्रममा नेपालको राष्ट्रिय खेलका रुपमा रहेको भलिबलको लागि सरकारले अत्याधुनिक कभर्डहल निर्माण गरिने अर्थमन्त्रीले जानकारी दिएका हुन् अर्थमन्त्री खतिवडाले सरकारले सुबिधा सम्पन्न कभर्डहल बनाउने प्रतिबद्धता जनाए।
अर्थमन्त्री खतिवडाले भलिबलको कर्भडहल निर्माणका लागि काम अगाडी बढाउने बताए । यसका साथै उनले खेलाडीको रोजगारीका बारेमा सरकारले योजना बनाइरहेको बताए ।
सरकारले तीन वर्षअघि भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको थियो । तर, नेपालमा सुबिधा सम्पन्न कभर्डहल नहुदा खेलाडीले प्रशिक्षणमा समस्या भोग्दै आइरहेका छन् ।
सेन्ट्रल जोन विजेता टोलीलाई सरकारले जनही ३ लाख रुपैयाँका दरले सम्मानित गरेको छ। आज आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले जनही ३ लाख रूपायाँको दरले सम्मानित गरेका हुन्। यस्तै सरकारले हाल पदक जितेवाफत खेलाडीले पाउँदै आएको पुरस्कार राशिमा पनि बृद्धी गर्ने बताए ।
