गण्डकी प्रदेशमा एक बोत्तल पिउने पानी १६ रुपैयाँमा पाइने, जारको ५० रुपैयाँ

Share:

पोखरा । गण्डकी प्रदेशमा आउँदो मङ्सिर २० गतेबाट प्रशोधित पिउने पानीको नयाँ मूल्य लागू हुने भएको छ । नेपाल बोत्तल वाटर उद्योग संघको प्रदेश कमिटि र उपभोक्ता वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय बीच पिउने पानीको मूल्य घटाउने सहमति भएको हो ।

पानीको मूल्यको विषयमा आवाज उठे पछि निर्देशनालयले उद्योगीसँग मूल्य समायोजनका लागि छलफल गरेको थियो ।

नयाँ मूल्य अनुसार बोत्तलको पानीमा रु ९ र जारको पानीमा रु १० घटाइएको नेपाल बोत्तल वाटर उद्योग संघ गण्डकीका प्रथम उपाध्यक्ष लेख बहादुर प्रधानले जानकारी दिए । अहिले बोत्तलको पानीको मूल्य रु २५ र जारको पानीको मूल्य ६० रहेको छ ।

अब नयाँ मूल्य अनुसार बोत्तलको पानी रु १६ मा पाइने छ भने जारको रु ५० पर्नेछ । व्यवसायीले बजारमा वितरण गर्ने प्रशोधित पानीमा खुद्रा व्यापारीले मनपरी मूल्य निर्धारण गर्दा उपभोक्तालाई प्रत्यक्ष असर पारेको भन्दै आलोचना भइरहेको थियो ।

मङ्सिर २० पछि तोकिएकोे भन्दा बढी मूल्यमा पानीको विक्री गरे कालोबजारी अपराध ऐन २०३२ अनुसार कारबाही प्रक्रिया अघि बढाइने उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: