मातातीर्थमा ढिस्काेले पुरिएर दुई जनाकाे मृत्यु

235
0
Share:

काठमाडाैं । चन्द्रागिरिकाे मातातीर्थमा ढिस्काेले पुरिएर दुई जनाकाे ज्यान गएकाे छ । बाटाे बनाउने क्रममा माथिबाट आएकाे ढिस्काेले पुरिएर दुई जनाकाे मृत्यु भएकाे हाे ।

महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रहरी निरीक्षक शंकर खड्काले मातातीर्थ– ८, खुशीखुशी हाेटलनजिकै बाटाे बनाउने क्रममा माथिबाट आएकाे ढिस्काेले पुरिँदा उनीहरूकाे मृत्यु भएकाे बताए ।

उनका अनुसार ज्यान गुमाउनेमा दाङकाे बबई गाउँपालिकाका– १ का ३१ वर्षीय प्रेम पुन र साेही ठाउँका प्रकाश घर्ती रहेका छन् । उनीहरूकाे शव अहिले ओम समाज अस्पतालमा राखिएकाे छ ।

कमेन्ट गर्नुहोस्
Share: