
काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट आठ किलो सुन सहित दुई चिनियाँ नागरिक पक्राउ परेका छन् ।
त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयले नेपाल एयरलाइन्सको उडानद्वारा हङकङबाट काठमाण्डौ आउँदै गरेका चेन होङयाङ र सेचपेन झेयाङलाई बिहीबार राति ११ स् ४० बजे पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, इएच ६५९६६३७ नम्बरको राहदानी बाहक चेन होइयाङ र इए ५८०७५९८ नम्बर राहदानी बाहक चेन क्वीनहाङ समातिएका हुन् ।
पक्राउ परेका दुवैजनालाई महानगरीय प्रहरी वृत्त गौशाला राखिएको छ । सुन तस्करी तिनै हुन् वा भरिया मात्रै हुन् भन्ने खुलेको छैन । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
