१३ औं साग: पुरुष भलिबलमा भारतसंग नेपाल पराजित

Share:

काठमाडौं । १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिबलमा नेपालले समूह चरणको दोस्रो तथा अन्तिम खेलमा नेपाल आज भारतसंग पराजित भएको छ। नेपाल आज पराजित भएसंगे समूह चरणमै सिमित भएको छ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको खेलमा नेपाल भारतसंग सेटमा पराजित भएको हो। नेपाल आज भारतसंगको खेलको पहिलो सेट २५-१५ ले हारेको थियो। यस्तै दोश्रो सेट भने नेपालले २५-१३ ले गुमाएको थियो। यस्तै तेश्रो सेट नेपालले २५-१६ ले गुमाएको हो।

समूह एको पहिलो खेलमा नेपाली टिम बंगलादेशसंग पराजित भएको थियो । अग्रतालाई जोगाउन नसक्दा नेपाली टिम बंगलादेशसंग ३–२ को सेटमा पराजित भएको थियो।

नेपालले १३ औ सागमा भलिबलमा पदकको आश राखेको थियो । तर आज भारतसंग पराजित भएपछी भने स्वर्ण सपना तुहिएको छ।

कमेन्ट गर्नुहोस्
Share: