
पोखरा । साझा पार्टीका तर्फबाट कास्की निर्वाचन क्षेत्र नम्बर दुईका लागि उम्मेदवार बनेकी रजनी केसीले मतदान गरेकी छन् । उनले बिहान सवा ७ बजे पोखरा ४ गैरापाटनमा रहेको नविन मावि मतदान केन्द्र पुगेर मतदान गरेकी हुन् ।
उनीसंगै पार्टीका केन्द्रिय संयोजक रवीन्द्र मिश्र र प्रवक्ता डा.सूर्यराज आचार्य पनि मतदान स्थल पुगेका थिए ।
उम्मेदवार केसीले मतदान गरेको मतदान स्थलमा २ हजार २ सय ३८ मतदाता छन् । सो स्थलमा ३ वटा मतदान केन्द्र तोकिएको छ ।
बिहान ७ बजेबाट सरु भएको मतदानका लागि कास्की-२ मा ३२ मतदान स्थल र ८२ मतदान केन्द्र तोकिएको छ । उपनिर्वाचनका लागि कास्की–२ मा ७१ हजार ८ सय ७१ मतदाता छन् । यो क्षेत्रमा पुरुष भन्दा महिला मतदाताको संख्या धेरै छ ।
कास्की–२ मा ३३ हजार एक सय ६ जना पुरुष र ३८ हजार ७ सय ६४ महिला र एकजना तेस्रोलिंगी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।
कास्की २ बाट निर्वाचित तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उडडयन रवीन्द्र अधिकारीको गएको फागुनमा ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि यो क्षेत्र रिक्त छ ।
