
काठमाडौं । १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को महिला भलिबलमा आज (शनिबार) सेमिफाईनलका खेल हुदैछ ।
त्रिपुरेश्वरस्थित कभर्डहलमा ५ः०० बजे हुने पहिलो सेमिफाइनल खेलमा भारत र माल्दिभ्स तथा ७ः०० बजे हुने दोस्रो खेलमा नेपाल र श्रीलंका भिड्दै छन् ।
साग भलिबलमा कांस्य पदकमाथि जान नसकेको नेपालका लागि आज श्रीलंकलाई हराउन सके इतिहास रच्ने अवसर छ । नेपालको पुरुष भलिबल टोली समूह चरणबाट बाहिरि सकेको छ ।
राष्ट्रि«य खेल भलिबलको शाख जोगाउन पनि श्रीलंकालाई हराउनु पर्ने बाध्यता छ । श्रीलंकालाई हराएर फाइनलमा पुगे नेपालको कम्तिमा रजत पदक सुरक्षित हुनेछ ।
कमेन्ट गर्नुहोस्
