१३ औं साग: यसरी काट्नुस अनलाइनबाटै टिकट

Share:

काठमाण्डाै – नेपालमा आयोजना भइरहेको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को टिकट अनलाइनबाट सहजै उपलब्ध हुने भएको छ ।

दुई दशकपछि नेपालमा भइरहेको साग खेलका सबै टिकट अनलाइनबाट बिक्री गर्नका लागि टिकटिङ पार्टनरमा इसेवालाई नियुक्त गरिएको छ । यससँगै राजधानी काठमाण्डौमा हुने भलिबल, फुटबल, बास्केटबल र क्रिकेटको टिकट दर्शकले इसेवामार्फत सहजै खरिद गर्न सकिने कम्पनीले आज एक विज्ञप्तिमार्फत जनाएको छ ।

दर्शकले sag.esewa.com.np  मा गई आफूले हेर्न चाहेको खेलको टिकट खरिद गर्न सक्नेछन् । टिकट खरिद गर्दा खेल हेर्ने दर्शकले आफ्नो नाम र मोबाइल नम्बर राखेर आ मा गई आफूले हेर्न चाहेको खेलको टिकट खरिद गर्न सक्नेछन् ।

टिकट खरिद गर्दा खेल हेर्ने दर्शकले आफ्नो नाम र मोबाइल नम्बर राखेर आफ्नै मोबाइलमा टिकटको इलेक्ट्रोनिक कपी डाउनलोड गर्न सकिनेछ ।

हरेक टिकटमा दर्शकको नाम, मोबाइल नम्बर र युनिक क्यूआर कोड रहनेछ । दर्शकले प्रवेशद्वारमा आफ्नो टिकट र परिचयपत्र अनिवार्य देखाउनु पर्नेछ । त्याे टिकट ‘रियल टाइम’ मै ‘भेरिफाइ’ हुने र परिचयपत्र देखाएपछि दर्शकले प्रवेश पाउने छन् । यो टिकटिङ प्रणालीले टिकटमा हुने कालोबजारी र फर्जी टिकटको समस्याको समाधान गर्ने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: