तनहुँका आँबुखैरेनी गाउँपालिकाका बासिन्दालाई पूर्जा वितरण

Share:

दमौली । वर्षौदेखि भोगचलन गर्दै आएका आँबुखैरेनी गाउँपालिकाका वडा १, २ र ३ का ८५ व्यक्तिलाई नापी कार्यालय तनहुँले गाउँ ब्लक पूर्जा वितरण गरेको छ ।

नापी कार्यालयले अहिले त्यही ब्लक नम्बरका आधारमा नापेर भोगचलनअनुसारको पूर्जा वितरण थालेको प्रमुख कृष्ण आचार्यले जानकारी दिए ।

गाउँ ब्लक पुर्जा पाउनेमध्ये सबैभन्दा बढी वडा नं १ का ४० रहेका छन् । ग्रामीण भेगका जनतालाई सदरमुकामसम्म आउन नपरोस् भनेर गाउँमै पुगेर पूर्जा वितरण प्रमुख आचार्यले बताए ।

तनहुँमा विसं २०७१ सालदेखि गाउँ ब्लक नाप्न शुरु गरिएको थियो । नापी कार्यालयका अनुसार जिल्लामा साविकका २२ गाविसमा गाउँ ब्लक छ । गाउँ ब्लकअन्तर्गत रहेका सर्वसाधारणले कार्यालयमा आएर ब्लक पूर्जा बनाउन सक्ने बताइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: