कास्कीमा चुनाव जारी रहँदा ४ ठाउँमा बम पड्कियो (अपडेट)

Share:

पोखरा । कास्की २ अन्तर्गत पोखराका विभिन्न मतदान केन्द्रहरुमा बम विस्फोटको क्रम रोकिएको छैन । पछिल्लो पटक पोखरा १६ को चण्डिका प्रावि मतदान केन्द्रबाट ५०० मिटर दुरीमै बम पड्किएको छ । मतदान भैैरहेको अवस्थामा विस्फोट भएपछि मतदाताहरु त्रसित छन् ।

श्रृंखलाबद्ध रुपमा भएको विस्फोटले मतदाता ढुक्कसँग मतदान गर्ने अवस्था छैन । यसअघि यहाँको शान्ति माविमा पनि दुई पटकसम्म विस्फोट भएको थियो । विद्यालयको पर्खाल बाहिर भएका कारण कुनै ठूलो क्षति भने भएको छैन । पोखरा ३३ भरतपोखरी स्थित सरस्वती टिका मावि र पोखरा ९ को नवप्रभात माविको मतदान केन्द्रमा पनि विस्फोट भएको छ ।

मतदाता त्रासकै बीच मतदान भने गरिरहेका छन् । कास्की प्रहरीले सुरक्षामा कमी नभएको दावी गरिरहेपनि सुरक्षा स्थिती खतरामुक्त छैन । विस्फोटबाट मानवीय क्षति नभएपनि त्रास कायम छ । सुरक्षा ब्यवस्थाप्रति प्रश्न चिन्ह उठेको छ ।

कमेन्ट गर्नुहोस्
Share: