पोखरामा एक बिदेशी नागरिकको मृत्यु, कुटपिटमा परि एक घाइते

Share:

पोखरा। कास्कीमा शनिबार बिदेशी नागरिकको मृत्यु भएको छ। अन्नपुर्ण गाउँपालिका-११ घान्द्रुक टाडापानी एबिसी बेस क्‍याम गई आएका चाईनिज ताईवान नागरीक यु चिंग चाइङ्गको आज मृत्यु भएको हो।

पासपोर्ट नं. ३०२५३५२७ भएका ५७ वर्षीय चाइङ्गले अचानक छाती दुख्यो भनी छटपटाई रहेको अवस्थामा निजको साथीले फेला पारी उपचारको लागी प्रभु एयर मार्फत मणिपाल शिक्षण अस्पताल ल्याएकोमा उनको अस्पतालमै मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।

घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

कुटपिटमा एक घाइते
कास्कीमा शनिबार एक युवक माथि सामुहिक कुटपिट भएको छ । कास्की पोखरा महानगरपालिका वडा नं ३१ बस्ने ४० वर्षिया राज रानाभाटलाईमाथि सामुहिक कुटपिट भएको हो ।

पोखरा महानगरपलिका(३१ बेगनास बस्ने वर्ष ३३ वर्षीय ज्योती नेपाली र ३८ वर्षीय मोहन सापकोटाले उनीमाथि कुटपिट गरेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। कुटपिट पछि घाइते भएका रानाभाटलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको छ।

कुटपिट गर्ने ब्यक्तिहरुलाई नियन्त्रणमा लिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: