उसुमा नेपाललाई दुई स्वर्ण

Share:

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुमा नेपालले दुई स्वर्ण जितेको छ ।

लगनखेलस्थित आर्मी कभर्ड हलमा नेपालका विजय सिंजाली र सुस्मिता तामाङले थाउलोमा स्वर्ण जितेका हुन् ।

पुरुषमा विजयले बंगलादेश र श्रीलंकाका खेलाडीलाई पछि पारे भने महिलामा सुस्मिताले श्रीलंका र बंगलादेशका खेलाडीलाई पछि पारिन् ।

सोमबार १५ स्वर्णपदक हात पार्दै नेपाल शीर्ष स्थानमा छ ।

कमेन्ट गर्नुहोस्
Share: