साग महिला क्रिकेटमा बङ्लादेशले श्रीलंकालाई सात विकेटले हरायो

Share:

पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा बङ्लादेशले विजयी सुरुवात गरेको छ । मंगलबार पोखरा रंगशालामा भएको खेलमा बङ्लादेशले श्रीलंकालाई ७ विकेटले पराजित गरेको हो ।

श्रीलंकाले पुरै २० ओभर खेल्दा ६ विकेटको क्षतिमा १ सय २२ रन बनेको थियो । जवाफी ब्याटिङमा उत्रिएको बङ्लादेशले १८ ओभर ३ बलमा १ सय २३ रनको लक्ष्य भेटाएको हो । बङ्लादेशका लागि सन्जिदा इस्लामले ४५ बलको सामना गर्दै ५१ रनको योगदान दिइन् । उनले ४ चौका प्रहार गरिन् । बङ्लादेशको जितमा आयशा रहमानले ३५ बलको सामना गर्दै २९ रन जोडिन् ।

फार्गना होक्युले १८ बल खेल्दै २३ रन जोडिन् । अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गर्न सकेनन् । बङ्लादेशको जितमा यू थिमासिनी, एस निशानसाला र थारिका सिवान्डीले समान एक/एक विकेट लिए ।

यसअघि श्रीलंकाका लागि उमेशा थिमाशिनीले अर्धशतक बनाएकी थिइन् । उनले ४९ बलको सामना गर्दै ४ छक्का र ५ चौकाको मद्दतमा ५६ रन बनाइन् । श्रीलंकाका लागि हर्सिता माधवीले ३० रनको सामना गर्दै ३३ रन बनाइन् । उनले २ चौका र एक छक्का प्रहार गरिन् । खेलमा श्रीलंकाका नाहिदा अक्तेरले ४ र जाहानारा अलामले एक विकेट लिएकी थिइन् । जितसँँगै बङ्लादेशले तीन अंंक जोडेको छ ।

तस्बिर-राम गुरुङ 

कमेन्ट गर्नुहोस्
Share: