‘साम्बा’ले बनाइन् सर्वाधिक गोल गर्ने महिला खेलाडीको कीर्तिमान

Share:

पोखरा । नेपाली महिला फुटबलर सावित्रा भण्डारी ‘साम्बा’ ले नेपालका लागि सर्वाधिक गोल गर्ने महिला खेलाडीको कीर्तिमान बनाएकी छन् ।

१३ औं साग अन्तर्गत बिहीबार माल्दिभ्सविरुद्ध गोल गर्दै सावित्राले नेपालको लागि ३६ औं गोल पूरा गरेकी हुन् । उनले ३५ गोल गर्ने अनु लामाको कीर्तिमान भंग गर्दै आफ्नो  नाममा राखेकी हुन् ।

तस्बिर: साग प्रचारप्रसार समिती

कमेन्ट गर्नुहोस्
Share: