सागः आज तीन शहरमा १९ खेल हुँदै

Share:

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा काठमाडौं, पोखरा र जनकपुरमा गरि कुल १९ खेलमा प्रतिस्पर्धा हुँदैछ।

सागमा आज आर्चरी, एथ्लेटिक्स, बास्केटबल, ब्याडमिन्टन, क्रिकेट, गल्फ, ह्यान्डबल, कब्बडी, साइक्लिङ, पौडी, सुटिङ, टेबलटेनिस, टेनिस, बिच भलिबल, भारोत्तोलन, स्क्वास, कुस्ती,बक्सिङ र फेन्सीङमा प्रतिस्पर्धा हुनेछ।

जसमा ब्याडमिन्टन, महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुनेछ। कुस्ती जनकपुर र अन्य खेल काठमाडौंमा हुनेछन्। पदक तालिकामा भारतले ६२ स्वर्णसहित अग्रता बनाएको छ। ३६ स्वर्णसहित नेपाल दोस्रो स्थानमा रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: