‘क्राइम ब्रान्च’को कर्मचारी हुँ भन्दै पैसा उठाउने पक्राउ

601
0
Share:

धनुषा । आफूलाई लालबन्दी सर्लाहीबाट आएको ‘क्राइम ब्रान्च’को कर्मचारी हुँ भन्दै बाटोमा हिँडडुल गर्ने मान्छेसँग पैसा उठाउँदै गरेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–४ आनन्दनगर बस्ने ३० वर्षीय प्रतिक कुमार चौधरी छन् ।

जनकपुर उपमहानगरपालिका–२४ स्थित सोना सति मन्दिर अगाडि सोना पाडा जाने बाटोमा चौधरीले बाटोमा हिँडडुल गर्ने मान्छेसँग पैसा उठाउँदै गरेको अवस्थामा प्रहरी चौकी जिरोमाइलबाट खटिएको प्रहरीले ज.२ प ७३२४ नम्बरको मोटरसाइकल सहित उनलाई पक्राउ गरेको हो ।

कमेन्ट गर्नुहोस्
Share: