साग महिला फुटबल : भारतले नेपाललाई १-० ले हरायो

Share:

पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा भारतले नेपाललाई पराजित गरेको छ । शनिबार पोखरा फुटबल मैदानमा भएको लिग चरण अन्तर्गतको अन्तिम खेलमा भारतले नेपाललाई १-० ले पराजित भएको हो ।

भारतका लागि खेलको १४ औं मिनेटमा एन. जि बालादेवीले निर्णायक गोल गरिन् । खेलको ५४ औं मिनेटमा नेपाली स्ट्राइकर सावित्रालाई लडाए पछि रेफ्रीले भारतीय खेलाडी रोजा देवीलाई पहेँलो कार्ड देखाएकी थिइन् ।

यो जितसँगै भारतले ३ अंक जोडेको छ । योसँगै भारतको ९ अंक र नेपालको ६ अंक भएको छ । स्वर्ण पदकका लागि सोमबार नेपाल र भारत नै भिड्नेछन् ।

फुटबलको कास्य पदक माल्दिभ्सले जितेको छ । शनिबार बिहान भएको खेलमा माल्दिभ्सले श्रीलंकालाई २-१ ले हराउँदै कास्य जितेको हो ।

तस्बिर: साग प्रचार प्रसार समिती

कमेन्ट गर्नुहोस्
Share: