१३ औं सागः आज १५ खेलमा प्रतिस्पर्धा हुँदै

Share:

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को आठौं दिन आज(आइतबार) १५ खेलमा प्रतिस्पर्धा हुँदैछ ।

आज बास्केटबल, बक्सिङ, क्रिकेट, फेन्सीङ, फुटबल, जुडो, पौडी, सुटिङ, स्क्वास, टेनिस, महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबलका खेलहरु हुँदैछ । जसमध्य काठमाडौंमा बास्केटबल, बक्सिङ, क्रिकेट, फेन्सीङ, फुटबल, जुडो, पौडी, सुटिङ, स्क्वास र टेनिसका खेलहरु हुनेछन् ।

यसैगरी पोखरामा महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबलका खेलहरु हुँदा कुस्ती खेल जनकपूरमा हुनेछ ।
सागमा हिजोसम्म नेपाल पदक तालिकाको दोस्रो स्थान कायमै छ । नेपालले स्वर्णपदकको संख्या ४३ र्पुयाएको छ । भारत १ सय १० स्वर्णसहित शीर्ष स्थानमा छ ।

कमेन्ट गर्नुहोस्
Share: