
पोखरा । उत्पादनमा लगानी गरि रोजगार अभिवृद्धि गर्ने लक्ष्यका साथ सञ्चालित यहाँको एक कृषि सहकारीले उत्पादनमा लाग्ने कृषकलाई उत्प्रेरित गरेको छ । पोखरा महानगरपालिका वडा नं. २१ स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडले १४ औं बार्षिक साधारण सभाका अवसरमा संस्थाबाट ऋण लिएर उत्पादनमा अभिवृद्धि गर्ने उत्कृष्ट दुईजना किसानलाई सम्मान गरिएको हो ।
संस्थाबाट रु. ३० हजार ऋण लिएर व्यवसायिक मौरीपालन विस्तार गर्नु हुने पौरखी युवा कृषक खेमराज भण्डारी एवम् लघु उद्यमी महिला सम्झना भण्डारी र गोमा अधिकारीलाई नगद सहित दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको हो । सहकारीले आर्थिक बर्ष २०७५|०७६ मा कृषितर्पm ७५ लाख रुपैया, फलफूल तर्फ रु.२५ लाख, पशुपालनतर्पm एक करोड, पंक्षिपालनमा एक करोड ५० लाख रुपैयाँ छुट्याएको छ ।
त्यस्तै महुरीपालनतर्फ पाँच लाख, लघुउद्यम तर्फ पाँच लाख, शैक्षिक तर्फ रु.३० लाख , बैंकश्रोत तरकारी एव्म् पशुपालन कर्जा तर्फ रु.७५ लाख कर्जा लगानी गरिएको संस्थाका अध्यक्ष गुरुप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार सहकारीले यही आर्थिक वर्षमा कृषि तथा पशुपालनमा १०३, आयआर्जन १०२, बैदेशिक रोजगार प्रवद्र्धन २६ , युवा स्वरोजगार ३६ र अन्य १४३ जना गरि कूल ४१० जना शेयर सदस्यलाई आठ करोड भन्दा बढी रकम लगानी गरिएको छ । सरकारीद्वारा यसबर्षको युवा तथा स्वरोजगार कोषसंगको सम्झौता अनुरुप दोश्रो किस्ता २५ लाख रुपैया स्थानीय १९ जना शेयर सदस्यलाई लगानी गरि सकिने बताउँदै उनले उत्पादनतर्पm १२, आयआर्जनमा १३ र अन्य कर्जामा १४ प्रतिशतका दरले व्याज निर्धारण गरिएको स्पष्ट पारे ।
सहकारीले पशु सेवा केन्द्र पोखरा २१ को सिफारिसमा प्राप्त पशु नश्लसुधार अनुदान कार्यक्रम अन्तर्गत रु. ५० हजारको लागतमा उन्नत जातको व्याडे रागो खरिद गरि शेयर सदस्य यामप्रसाद गौतमलाई पालन पोषणका लागि जिम्मा लगाइएको अध्यक्ष पौडेलले राससलाई जानकारी दिए । बैदेशिक रोजगारमा तीन बर्ष विताएर स्वदेश फर्किएर सहकारीबाट ३० हजार रुपैया ऋण लिएर ४८ हजारको लागतमा छ वटा घारबाट शुरु गरेका स्थानीय युवा खेमराज भण्डारीले एक बर्षको अवधिमा विस्तार गरेर २० घार मौरी पु¥याए ।
उनले आगामी दिनमा ५० घार पु¥याउने र मह बिक्रीबाट बार्षिक १२ देखि १५ लाख आम्दानी गर्ने लक्ष्य राखेका छन् । कार्यक्रममा उत्कृष्ट कृषकलाई सम्मान गर्दै पोखरा महानगरपालिका सहकारी व्यवस्थापन समितिका संयोजक तेजनारायण अधिकारीले “समृद्ध नेपाल सुखी नेपाली” अभियानलाई सार्थक बनाउन सहकारीले उत्पादन क्षेत्रमा लगानी बढाउनु पर्नेमा जोड दिए । सहकारी व्यवस्था ऐन निर्माणसँगै महानगरमा दर्ता भएका विभिन्न प्रकृतिका तीन हजार ४५० सहकारीको व्यवस्थापन गरिने तयारी भई रहेको उल्लेख गर्दै उहाँले निकट भविष्यमा प्रत्यक सहकारीको अनुगमन गरि कार्य क्षमता र लगानीको प्रकृतिका आधारमा मुल्याङ्कन गरिने जानकारी दिए ।
पोखरा २१ का वडाअध्यक्ष खगराज आचार्यका अनुसार पर्यटकीय क्षेत्र निर्मलपोखरी र कृष्तिनाच्ने चौरमा कृषि सहकारीको माध्यमबाट कृषि उत्पादनमा वृद्धि गर्दै ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने योजना अघि सारिएको छ । पर्यटकीय नगरी पोखरासँगै विभिन्न ताल तलैया सहित आरोहणको पहिलो हिमाल अन्नपूर्ण, कुमारी हिमालकोरुपले परिचित माछापुच्छ्रे, धवलागिरी लगायत लमजुङ हिम श्रृखलाको मनोरम दृष्यावलोकन गर्न सकिने बताउँदै उनले सो क्षेत्रको पर्यटन पवद्र्धनका लागि आवश्यक भौतिक पूर्वाधार विकासमा जोड दिइएको जानकारी दिए । सिद्धार्थराजमार्ग खण्डको कुभिण्डे भञ्ज्याङदेखि कृष्तिनाच्नेचौर, निर्मणपोखरी हुँदै भरतपोखरीको पुर्णीलाई जोड्ने गरि ३० किलोमिटर सडक बहुवर्षीय योजना अन्तर्गत कालोपत्रे भई रहेको बताउँदै वडाअध्यक्ष आचार्यले बताए ।
सहकारीको माध्यमबाट अर्गानिक उत्पादनसंगै पर्यटकलाई स्वात चखाउँदै स्थानीयको आयआर्जनमा समेत टेवा पुग्ने विश्वास गरिएको उनले बताए । कार्यक्रममा साना किसान विकास बैक पोखराका प्रवन्धक राजकुमार यादव, सहलगानी खानेपानीका दाताराम आचार्य, लिला प्रसाद पराजुली, नारायणदत्त अधिकारी, देवीमाया अधिकारी, गुरुप्रसाद पोखरेल, धर्मराज अधिकारी, योगेन्द्र सुवेदी, इन्दिरा पोखरेल, डिल्लुराज पौडेल लगायतले कृषि सहकारीको महत्व माथि प्रकाश पारेका थिए ।

