साग समापन समारोह अघि रंगशाला हाताभित्रै पत्रकारमाथि कुटपिट

Share:

पोखरा। १३ औं दक्षिण एसियाली खेलकुद (साग)को समापन समारोहको दिन रंगशाला हाताभित्रै प्रहरीले पत्रकारमाथि कुटपिट गरेको छ ।

रंगशालाबाहिर टिकट मूल्य वृद्धिको विरोधमा सर्वसाधारणको प्रदर्शन चलिरहँदा त्यसको रिपोर्टिङ गर्ने क्रममा नागरिक दैनिकका खेल पत्रकार सुमन चापागाईंलाई प्रहरीले कुटपिट गरेको हो ।

पत्रकार चापागाईंलाई डीएसपी सन्तोषसिंह राठोरलगायत प्रहरीले आधिकारिक एक्रिडेसन कार्ड लगाएको अवस्थामा नै कुटपिट गरेको हो ।

कमेन्ट गर्नुहोस्
Share: