टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु

296
0
Share:

पोखरा। हुम्लामा हिमपातको कारण टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

बा ५ ख ५३४४ नम्बरको टिपर नाम्छा गाउँपालिका ५मा सडकबाट चिप्लेर ७०० मिटर तल भीरमा खसेको हो। सो दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा नाम्छा गाउँपालिकाका ४ बेलाबाङका स्थानीय सोनाम लामा र सावेल लामा रहेका छन्। दुर्घटनामा परेर नाम्खा–१ हेप्काका सोनाम तेजुङ र चालक घाइते भएका छन्। घाइते चालकको पहिचान खुल्न नसकेको सिंहले बताए।

कमेन्ट गर्नुहोस्
Share: