राष्ट्रियसभाको निर्वाचन माघ ९ गते

Share:

काठमाडौँ । सरकारले राष्ट्रियसभा निर्वाचनको मिति घोषणा गरेको छ । बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चारप्रविधि मन्त्री गोकुल बाँस्कोटाले माघ ९ गतेका लागि राष्ट्रिय सभाको निर्वाचन गर्ने निर्णय भएको जानकारी दिए ।

राष्ट्रिय सभाको रिक्त १८ पदका लागि निर्वाचन हुन लागेको हो । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचन सम्पन्न गरेसँगै निर्वाचन आयोग राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारीमा जुटिसकेको छ।

राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति सङ्घीय संसद्बाट आयोगलाई यसअघि नै अनुरोध पत्र प्राप्त भइसकेको छ । उनान्नसाठी सदस्यीय राष्ट्रियसभाका सदस्यमध्ये १८ जना सदस्यको आगामी फागुन २० गतेदेखि पद रिक्त हुँदैछ । रिक्त सदस्यको पदपूर्ति गर्नका निम्ति सरकारले मिति घोषणा गरेको हो ।

कमेन्ट गर्नुहोस्
Share: