
काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि जित्ने टिमले ५० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ ।
यो रकम गर्त वर्षकै बराबर हो । दाेस्राे हुनेले ३५ लाख, तेस्राेलाई २५ लाख, चाैथाेलाई १५, पाँचाैँलाई ७ लाख र छैटाैं स्थानमा रहने टिमले ५ लाख रुपैयाँ पुरस्कार पाउने छ । शनिबारदेखि काठमाण्डौमा सुरु हुन लागेको ए डिभिजन लिगमा १४ टिमले प्रतिस्पर्धा गर्दैछन् । ए डिभिजन लिगमा यस पटक अन्तर्राष्ट्रिय ब्राण्ड कतार एअरवेजले प्रायोजन गर्ने भएको छ ।
यसैगरी एन्फाले दशरथ रंगशालाको खेलका लागि टिकट दर पनि तय गरेको छ । साधारणतर्फ २ सय रुपैयाँ तय गरिएकोमा भीआईपी तर्फका प्यारापिटको टिकट मूल्य भने ५ सय रुपैयाँ तय गरेको छ । टिकटबाट १ करोड संकलन हुने एन्फाले अपेक्षा गरेको छ ।
