नेकपाको सचिवालयको बैठक आज बस्दै

300
0
Share:

काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालयको बैठक आज शनिबार बस्ने भएको छ ।

बैठक नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो ३ बजेका लागि बोलाइएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

आज हुने बैठकमा पार्टी एकताका बाँकी काम र आइतबारदेखि बस्ने स्थायी कमिटीको बैठकमा प्रस्तुत गर्ने कार्यसूचीका बारे छलफल गर्ने तयारी रहेको जनाइएको छ ।

बैठक हिजो शुक्रबारका लागि बोलाइएको भए पनि नेताहरुको व्यस्तताका कारण भन्दै आजका लागि सारिएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: