भोलिदेखि पीपीएल-२, उद्घाटन खेलमा पोखरा पल्टन र काठमाडौं गोल्डेन्स भिड्ने

Share:

पोखरा। दोस्रो संस्करणको पोखरा प्रिमिएर लिग (पीपीएल) आइतबारबाट सुरु हुँदैछ । आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले शनिबारबाट नै प्रतियोगिता सुरु गरिने जनाएको थियो । तर मौसम प्रतिकुलताका कारण उद्घाटन खेल आइतबारका लागि सारिएको थियो ।

आइतबारको उद्घाटन खेलमा साविकको विजेता पोखरा पल्टनले काठमाडौं गोल्डेन्ससंग खेल्ने छ । पुस १२ सम्म पोखरा रंगशालामा हुने प्रतियोगितामा ६ सहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् । लिग सिंगल राउण्ड रोबिनको आधारमा संचालन हुनेछ ।

आयोजकका अनुसार हरेक टिमले एक अर्कासंग ५ खेल खेल्ने छन् । यस संकरणको पोखरा प्रिमियर लिग (पीपीएल)को विजेता टोलीले २७ लाख रुपैयाँ पाउने भएको छ । आयोजकले सार्वजनिक गरेको पुरस्कार राशि अनुसार प्रतियोगितामा दोस्रो हुने टोलीले १० लाख रुपैया पाउने भएको छ ।

त्यस्तै प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई मोटरसाइकल प्रदान गरिनेछ । म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरलाई जगदम्बा मोटर्सले उपलब्ध गराउने टिभिएस मोटरसाइकल प्रदान गरिनेछ ।

प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल’ खेलाडीलाई १ लाख र नमस्ते पोखरा प्रिमियर लिगको इमर्जिङ्ग खेलाडीलाई ५० हजार रुपैंया साथै प्रत्येक खेलमा नेपाल टेलिकम म्यान अफ दी म्याच हुने खेलाडीलाई १० हजार दिइनेछ ।

कमेन्ट गर्नुहोस्
Share: