आज पनि वर्षा र हिमपातको सम्भावना

444
0
Share:

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कारण आइतबार पनि सामान्य वर्षा र हिमपात जारी रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार अझै केहि दिन वर्षा र हिमपातको सम्भावना छ।

आइतबार दिनभर देशका अधिकांश क्षेत्रमा सामान्य बदली हुनेछ । पश्चिमी क्षेत्रका थोरै स्थान र मध्य तथा पूर्वका पहाडी क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

यस्तै आइतबार राति देशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली हुनेछ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा राति पनि हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जनाइएको छ ।

महाशाखाका अनुसार सोमबार दिउँसो पहाडी भू(भागमा आंशिक बदली रही अधिकांश भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै राति देशको पहाडी भू-भागमा आंशिक बदली रही अधिकांश भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

मंगलबार दिउँसो भने देशको केही पहाडी भू-भागमा आंशिक बदली रही अधिकांश भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। राति देशको केहि पहाडी भू-भागमा आंशिक बदली रही अधिकांश भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

कमेन्ट गर्नुहोस्
Share: