दुई वर्षमा वृद्धभत्ता पाँच हजार पुर्याउछौं- मन्त्री बाँस्कोटा

Share:

पोखरा।  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आउँदो दुई वर्षमा वृद्धभत्ता पाँच हजार पुर्‍याइने बताएका छन्। मन्त्री बाँस्कोटाले प्रधानमन्त्री केपी ओलीको दृढता र विश्वासका साथ नीति कार्यक्रम, बजेट, अन्तरराष्ट्रिय सम्बन्धले राष्ट्रिय आत्मविश्वासको जागरण पैदा भएकाले जनताले राम्रो कामलाई राम्रो र नराम्रोलाई खबरदारी गर्न आग्रह गरे।

शनिबार काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ स्थित नमोबुद्ध तिमाल समाजद्वारा नेपाल भ्रमण वर्षका अवसरमा आयोजित हाफ म्याराथुन प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्।

यस्तै उनले २२ वर्षमा नगरेको काम वर्तमान सरकारले दुई वर्षमै गरिएको दाबी गरेका छन्। उनले नेपाल भ्रमण वर्ष २०२० विशेषरूपमा मनाउन लागिएको र यसपछिका वर्ष पर्यटनकै वर्ष हुने बताएका छन्। पर्यटन वर्षपछि नेपालमा केही हुन्न भनेर नसोच्न पर्यटन व्यवसायीलाई आग्रह गरे।

कार्यक्रममा मन्त्री बाँस्कोटाले नेपालको सयमध्ये काभ्रेपलाञ्चोकमा १९ किलोमिटर महाभारतमा ट्रेकिङ ट्रेल बोलपत्र आह्वान भइसकेको जानकारी दिँदै नाला–धुलिखेल–नमोबुद्ध–कोटतिमाल–तङसोमकुण्डसम्म बुद्ध परिपथ निर्माण गर्ने योजना बनाइएको बताए।

कमेन्ट गर्नुहोस्
Share: