कक्षा ११ को पूरक परीक्षाको नतिजा सार्वजनिक

Share:

काठमाण्डौ । कक्षा ११ को ग्रेडवृद्धि अर्थात् पूरक परीक्षाको नतिजा प्रकाशन भएको छ । २०७६ साल कात्तिक ३० र मंसिर १ गते भएको परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको हो ।

परीक्षामा देशभरबाट १ लाख ४ हजार ३ सय ४६ जना सम्मिलित भएका थिए । जसमध्ये ४ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ ।

परीक्षाफल कसरी हेर्ने ?

टेलिकमको १६०१ मा डायल गरी

neb टाइप गरी स्पेस दिएर सिम्बोल नम्बर टाइप गरी १६०० मा एसएमएस गरी

वेबसाइटमा  www.neb.gov.np, www.neb.ntc.net.np, www.edusanjal.com, www.theconnectplus.com बाट पनि नतिजा हेर्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्
Share: