आन्दोलन भड्काउने अभिव्यक्ति दिएको भन्दै भारतीय प्रधानमन्त्री मोदीको आलोचना

Share:

काठमाडौं- नागरिक संशोधन सम्बन्धी भारत सरकारले ल्याएको नयाँ कानूनको विरोध जारी छ । नयाँ कानूनको विरोधमा प्रदर्शन गरेका जामिया मिल्लिया विश्वविद्यालयका विद्यार्थीमाथि प्रहरीले गरेको ज्यादतिपछि विरोधले बिस्तारित रुपमा लिएको छ ।

जामिया विश्वविद्यालयमा तीन बसमा आगो लगाएको घटनाका विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको अभिव्यक्तिको आलोचना भएको छ । मोदीले एक कार्यक्रममा जामिया विश्वविद्यालय बसमा आगो लगाउनेहरुलाई उनीहरुले लगाएको लुगाका आधारमा चिन्न सकिने बताएपछि उनको आलोचना भएको हो ।

अहिले सामाजिक सञ्जालमा समस्या समाधान गर्नुपर्ने बेला मोदीले आन्दोलन भड्काउने अभिव्यक्ति दिएको भन्दै सामाजिक सञ्जालमा तीब्र आलोचना भएको छ । नरेन्द्र मोदी नेतृत्वको भाजपा सरकारले कांग्रेससहितका विपक्षी पार्टीले राजनीतिक फाइदाका लागि नागरिक संशोधन कानूनको विरोध गरेको र विरोध प्रदर्शनकारीलाई उक्साएको आरोप लगाएको छ ।

दिल्ली, पश्चिम बंगाल, आसामसहितका क्षेत्रमा विरोध प्रदर्शन भइरहेको छ । जामिया विश्वविद्यालय, दिल्ली विश्वविद्यालय, जेएनयू, टिआइएसएस, अलिगड मुस्लिम विश्वविद्यालय, लखनउको नदवा कलेज, हैदराबादको उर्दू विश्वविद्यालय, आइआइटी चेन्नई सहितका शैक्षिक संस्थानमा विरोध प्रदर्शन भइरहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: