
एक कोइला खानीको सुरुङमा थुनिएर चीनमा १४ कामदारको निधन भएको छ । अरु दुईजना अझै कोइलाखानीको सुरुङमा थुनिएका छन् । चीनको दक्षिण पश्चिमी ग्वान्झाउ प्रान्तको कोइलाखानीमा मंगलबार बिहानै सो घटना भएको हो । खानीका कामदारहरु सुरुङमा फस्नुका साथै त्यहि बेला अत्याधिक मात्रामा ग्यास लिक पनि भएको स्थानीय अधिकारीले बताएका छन् ।
स्थानीय समय अनुसार मंगलबार बिहान साढे एक बजे सो घटना भएको हो । सात कामदारको सकुशल उद्धार गरिएको छ । उद्धार कार्य तथा घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेको सरकारी अधिकारीले बताएका छन् ।
कमेन्ट गर्नुहोस्
