समयमा काम नसक्ने निर्माण कम्पनीलाई पोखरा महानगरले गर्यो कारबाही

Share:

पोखरा। पोखरा महानगरपालिकाले नियम विपरीत काम गर्ने र समयमा निर्माण कार्य नसक्ने निर्माण कम्पनीलाई कारबाही गरेको छ । महानगरपालिकाले समयमा काम नसक्ने, नियम विपरीत काम गर्ने र मापदण्ड विपरीत नक्सा पास गराउन प्रोत्साहन गर्ने कन्सल्टेन्सी र निर्माण व्यवसायीलाई कारबाही गरेको हो।

महानगरले गत आर्थिक वर्षमा समयमा काम नसक्ने २५ निर्माण कम्पनीलाई कारबाही गरी जरिवाना समेत गरेको थियो। यस्तै सिटी कन्सल्टेन्सीलाई एक वर्षसम्म कालो सूचीमा राखी फुकुवा गरिएको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाको सिफारिसमा प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुमगन कार्यालय ताहचल काठमाडौंले पोखरा—१७ मा कार्यालय रहेको होराइजन बिल्डर्सलाई कालो सूचीमा राखेको छ ।

उक्त कम्पनीले २०७६ मंसिर १० गतेदेखि एक वर्ष सम्म सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा सहभागी हुन नपाउने सार्वजनिक खरिद अनुगमन कार्यालयको पत्रमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
Share: