पीपीयलः धनगढिले टस जीत्दै फिल्डिङ गर्ने, प्रतिकुल माैसमका कारण खेल १७ ओभरमा झारियाे

Share:

पोखरा । दोस्रो संस्करणको पोखरा प्रिमिएर लिग(पीपीएल)को चौथौं दिनको पहिलो खेलमा धनगढिले टस जित्दै फिल्डिङ रोजेको छ । अब काठमाडौले पहिले ब्याटिङ गर्ने छ । आजको खेल प्रतिकुल मौसमका कारण खेल १७ ओभरमा झारिएको छ । चिसो मौसमका कारण खेल ढिला सुरु भएपछी खेल १७ ओभरमा झारिएको खेल आयोजकले जानकारी दिएको छ ।

पोखरा क्रिकेट रङ्गशालामा हुने खेलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं पहिलो जितको खोजीमा रहेको छ । यता दिपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको धनगढी लगातार दोस्रो जितको खोजीमा छ ।

पहिलो खेलमा पोखरा पल्टनससँग ९ विकेटले पराजित भएको काठमाडौं दोस्रो खेलमा बुटवल ब्लास्टर्ससँग सुपर ओभरमा पराजित भएको थियो । काठमाडाँैँ आज धनगढीलाई पाखा लगाउँदै प्रतियोगितामा जिवित रहन चाहन्छ । दुई खेलमा अङ्क जोड्न नसकेको काठमाडाँँै अङ्क तालिकाको पुछारमा रहेको छ ।

यता धनगढी भने पहिलो खेलमा विराटनगरलाई ५ रनले पराजित गरेको थियो । धनगढी आज जित निकाल्दै प्रतियोगितामा विजयी यात्रा कायम राख्न चाहन्छ । एक खेलमा २ अङ्क जोडेको धनगढी अङ्क तालिकाको दोस्रो स्थानमा रहेको छ ।

प्रतियोगितामा ६ सहरका ६ टोलीको सहभागिता छ । नेपाली क्रिकेटमा सर्वाधिक पुरस्कार राशि रहेको प्रतियोगिताको विजेताले रु २७ लाख र उपविजेताले रु १० लाख पुरस्कार पाउने छन् । प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ ।

यस्तै म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरलाई जगदम्बा मोटर्सले उपलब्ध गराउने टिभिएस मोटरसाइकल प्रदान गरिनेछ । प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल’ खेलाडीलाई एक लाख र नमस्ते पोखरा प्रिमियर लिगको इमर्जिङ्ग खेलाडीलाई ५० हजार रुपैंया साथै प्रत्येक खेलमा नेपाल टेलिकम म्यान अफ दी म्याच हुने खेलाडीलाई १० हजार प्रदान गरिने छ ।

कमेन्ट गर्नुहोस्
Share: