कुटिए प्रमुख प्रशासकीय र सूचना अधिकृत

Share:

पोखरा। रुकुम (पश्चिम)को आठविसकोट नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतमाथि र सूचना प्रविधि अधिकृत गणेश चन्दमाथि कुटपिट भएको छ । उनीहरुमाथि कुटपिटको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् ।

आठविसकोट निमित्त प्रशासकीय अधिकृत रामबहादुर केसी र सूचना तथा प्रविधि अधिकृत गणेश चन्दमाथि बुधबार साँझ कुटपिट भएको थियो। उनीहरुलाई कुटपिट गरेको आरोपमा आठबिसकोट–३ का वडाध्यक्ष केशरमान विक पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुमित खड्काका अनुसार, बुधबार कार्यालयको काम सकेर आवासतर्फ फर्कंदै गर्दा केसी र चन्दमाथि कुटपिट भएको हो ।

कमेन्ट गर्नुहोस्
Share: