
दमौली । दुई जना यात्रुको मात्र सिट क्षमता रहेको जिपमा २१ जना राखी चढाएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले सवारी साधनलाई नियन्त्रणमा लिएको छ । धादिङबाट पोखरा जाँदै गरेको बा ६ च ५१७५ नंको टाटा जिपको पछाडि २१ जना यात्रु भेटिएपछि प्रहरीले कारवाही गरेको हो ।
सामान ढुवानी गर्ने उद्देश्यले दर्ता भएको उक्त सवारीसाधनले पछाडिको भागमा पाल टाँगेर यात्रु बोकेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए ।
विवाहमा जाँदै गरेको जिपलाई नियन्त्रणमा लिएपछि प्रहरीले नै अर्को सवारी व्यवस्था गरेर यात्रुलाई गन्तव्यस्थलसम्म पुर्याएको जनाएको छ । यसैगरी प्रहरीले क्षमताभन्दा बढी यात्रु बोकेको ग १ ख ९५५५ नंको बसलाई नियन्त्रणमा लिएको छ ।
कमेन्ट गर्नुहोस्
